साप्ताहिक संवाददाता
सुदीप शर्मा
आन्दोलन छाडेर नयाँ सहमति र सम्झौतामा जोड दिनुपर्छ ।
मायासी
अहिलेका नेताहरू बाँचुन्जेल संविधान बन्दैन । युवाहरूको हातमा सत्ता आए मात्र बन्ला ?
सानु
सहमतिमा जानुपर्छ । देश र जनताले छिटोभन्दा छिटो संविधान देख्न पाऊन् ।
सम्झना नेपाल
अहिले भएका सबै नेताले संन्यास लिए संविधान बन्थ्यो कि ?
दीपराज राई
बहुमतले जे भन्छ त्यसै अनुरूप निर्णय गर्ने हो भने संविधान बन्छ, तर धम्कीको डर मान्ने हो भने अनन्तकालसम्म पनि संविधान आउँदैन ।
डी. अन्जान
नेताहरू छिटोभन्दा छिटो सहमतिमा आए मात्र संविधान बन्छ ।
कविन ठटाल
पुरानो पुस्ताका नेताहरूले राजनीतिबाट हट्नुपर्छ । नयाँ पुस्तालाई चलाउन दिनुपर्छ अनि मात्र बन्छ संविधान ।
सागर भाइ
सहमति, सहकार्य र एकताको बाटोमा हिंडे एक महिनामै बन्छ । नत्र त यो जुनिमा के बन्ला र ?
रिदेश पन्थि
नेताहरूले आ-आफ्नो स्वार्थ त्याग्नुपर्छ ।
सीएमएस शंकर
विश्वासघात नगरी अघि बढ्न सके बन्ला । सबैले सबैको सम्मान गरेर सहमतिमा आउनु जरुरी छ ।
नरेश निरौला
जबसम्म नेताहरूले आफ्नो देशलाई बिरामी आमा र आफूलाई एक असल छोरा मान्दैनन् तबसम्म केही पनि हुँदैन ।
तुजुसे सिंघक
भ्रष्टाचारी नेताहरूलाई कारबाही गर्नुपर्छ, अनि मात्र बन्छ ।
सीता गुलुम
दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थ हेर्नुपर्छ ।
घिसिङ एचआर
कुर्सीको राजनीति छाड्नुपर्छ ।
नारायणबहादुर माझी
दिनु केही पर्दैन । घमन्ड छाडे पुग्छ । मिलेर काम गर्नुपर्छ ।
गणेश भट्टराई
नेताहरूलाई राम्रोसँग सम्झाउनुपर्छ ।
तारा ढकाल
संविधान बन्न ऋषिमुनिको जस्तो तपस्या, कर्णको जस्तो सहनशीलता, एकलव्यको जस्तो प्रतिबद्धता चाहिन्छ ।
आरएम तिमिल्सिना
नेपालमा संविधान बन्नेमा दुईमत छैन, तर जबसम्म हामी नेपालीहरू पैसामा बिक्न छाड्दैनौं तब सम्म परिवर्तन हुनेवाला छैन ।
बिरु बिन्दास ठगुन्ना
नेपालमा अबको दस वर्षमा पनि संविधान बन्दैन । संविधान बन्न हाम्रा नेताहरूको सोचमा आमूल परिवर्तन आउनु जरुरी छ ।
महेन्द्र मानिस पाण्डे
नेताहरूले आफ्नो फाइदाका लागि मात्र नभएर पूरा देशका लागि सोच्नुपर्यो । जनताको हितका लागि सबै एकजुट हुनुपर्छ तब मात्र संविधान बन्छ ।
विकास क्षेत्री
असम्भव भन्ने केही छैन, तर काम गर्नुपर्यो नि ।
ज्ञानु
नेताहरूको घैंटामा घाम लाग्नुपर्यो ।
जगत बुलबुल
नेताहरूमा राष्ट्रिय भावना जाग्नुपर्छ । जनतामा पनि यस्तै भावना जगाउन पहल गर्नुपर्छ ।
सुरज खनाल
संविधान बनाउन्जेल नेपाल रहला कि नरहला ? तपाइर्ंहरूको ध्यान कता छ ?
उत्तम पौडेल
छलफल र बहस निरन्तर भैरहनुपर्छ ।
रोशन राजवंशी