वैशाख ६, २०७२
महोत्सवका अवसरमा डुङ्गा दौड, पर्यटक दौडदेखि विभिन्न रमाइला इभेन्टहरू समावेश गरिएका थिए । 'फेवाताल बचाऔं' भन्ने नारासहित आयोजित महोत्सवले पाँच दिनसम्म लेकसाइडको वातावरण रंगिएको थियो । संस्कृति र पर्यटन प्रवर्द्धनका लागि आयोजित महोत्सवमा पाँचतारे होटलहरूदेखि गाउँघरमा पाइने परिकारहरू प्रदर्शन गरिनुका साथै कृषि उपजका स्टल, ग्रामीण पर्यटन प्रर्वद्धन गर्ने स्टल तथा व्यवसायिक स्टलहरू राखिएका थिए । हरेक दिन दोहोरी, आधुनिक तथा पप गीतले पनि महोत्सवमा भिन्दै रमाइलो थपेको थियो ।