भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गत शनिबार क्षेत्री युवा समाज, नेपालले नयाँ वर्षका अवसरमा गामबेशी चेपाङ संरक्षण केन्द्रमा आश्रति चेपाङ बालबालिकाको सहयोगार्थ 'नववर्ष विशेष सांगीतिक साँझ' सम्पन्न गर्यो । आस्था कला केन्द्रका कलाकारहरूको नृत्यबाट प्रारम्भ भएको उक्त कार्यक्रममा लोकदोहोरी गायक मिलन लामाले देशभक्ति गीत गाएर दर्शकहरूलाई भावुक बनाएका थिए भने गायक दीपक लिम्बूले आधा दर्जन गीत प्रस्तुत गरेका थिए । कलाकार ज्योति काफ्लेको प्रहसनमा साथ दिन आएकी नायिका रिस्ता बस्नेतले चलचित्र 'अधकट्टी' को 'तिम्रो फिगर कोकाकोला...' गीतमा नाचेर वातावरण तताइन् । गायिका मल्लिका कार्की पनि प्रस्तुत भएको उक्त कार्यक्रमको मुख्य आकर्षण गायक रामकृष्ण ढकाल थिए ।