साप्ताहिक संवाददाता
वैशाख ६, २०७२
राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालित राउन्ड अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप) को संयोजनमा सुविनले पहिलो पटक उपल्लो मुस्ताङ क्षेत्रको भ्रमण गरेकी हुन् । एक साताको भ्रमणका क्रममा उनले माटोको भूमिका रूपमा परिचित लोमान्थाङका स्थानीय किसानहरूलाई तरकारीको बीउ वितरण, उनीहरूसँग छलफल एवं त्यहाँका गुम्बाहरू अवलोकन गरेकी थिइन् । त्यहाँ सञ्चालन गरिएको छलफल कार्यक्रममा सुविनले मुस्ताङको अनौठो भूबनौट, अनुपम प्राकृतिक सम्पदा तथा कलासंस्कृतिको संरक्षण गर्दै त्यसलाई पर्यटन व्यवसायसँग जोड्नुपर्ने कुरा बताएकी थिइन् ।