चौथो बृहत् खेलकुद महोत्सवअन्तर्गत जिल्ला खेलकुद विकास समिति तथा जिल्ला शारीरिक सुगठन संघद्वारा संयुक्त रूपमा आयोजित उक्त प्रतियोगिताको ६० किलोग्राम तौल समूहबाट प्रतिस्पर्धा गरेका मनोज दोस्रो संस्करणका पनि विजेता हुन् । उक्त प्रतिस्पर्धामा रत्नश्रीकै राजेश श्रेष्ठ बेस्ट पोजर घोषित भए ।
म्युजिकल राउन्ड तथा सेभन पोजका आधारमा प्रत्येक समूहका विजेता चुनिएका थिए । ५५ किलोग्राम तौल समूहमा रत्नश्रीकै दिनेश जोशी पहिलो भए भने बुल्स जिमका देव जोशी द्वितीय तथा रत्नश्रीका अनुप अधिकारी तेस्रो भए । ६० किलोग्राममा मनोज केसी पहिलो, रत्नश्रीकै बेगबहादुर सोमै द्वितीय तथा बुल्स जिमका धनबहादुर झाँक्री मगर तृतीय भए ।
६५ किलोग्राममा पोखरा व्यायामशालाका राजकुमार सुनार पहिलो, बुल्स जिमका जीवन थापामगर द्वितीय तथा बुल्सकै सरोज क्षेत्री तृतीय घोषित भए । ७० किलोग्राममा माछापुच्छे्र जिमका किस्मत थापामगर पहिलो, पावर जिमका सुजन श्रेष्ठ द्वितीय तथा बुल्स जिमका बिर्खबहादुर राई तृतीय भए । उक्त प्रतिस्पर्धामा पोखराका विभिन्न जिम सेन्टरका ३५ जना खेलाडीको सहभागिता थियो ।