जेष्ठ ८, २०७२
महिनावारीको समयमा संक्रमणबाट जोगिन सफा, सुकिलो, संक्रमणरहित तथा रगत सोस्न सक्ने प्याड प्रयोग गर्नुपर्ने हुन्छ । घरबाहिर बसेका बेला तथा यस्तो विपत्तिका बेला घरेलु प्याडको सरसफाइ गर्न गार्हो हुन सक्छ, त्यसैले रेडिमेड प्याड प्रयोग गर्न सकिन्छ । यस्तो अवस्थामा प्रशस्त पानी, झोलकुराका साथै अन्य खानेकुरा पटक–पटक खानुपर्छ । तपार्इंलाई धेरै नै पीडा हुन्छ भने हट रबर ब्यागले सेक्न सकिन्छ वा पीडा कम गर्ने औषधिहरू (सिटामोल, मेफटल, ब्रुफेन आदि) प्रयोग गर्न सकिन्छ । प्रयोग गरिसकेको प्याडको व्यवस्थापन तथा सरसफाइमा विशेष ध्यान पुर्याउनुपर्छ ।