साप्ताहिक संवाददाता
सूर्य पराजुली
नष्ट भएका ऐतिहासिक एवं पुरातात्विक सम्पदाहरूको पुननिर्माणमा प्राथमिकता दिई जीर्ण भवनहरूको मर्मत–सम्भार गर्नुपर्छ । त्यसपछि विद्यालय, मठमन्दिर, धारा, पुल, पुलेसालाई प्राथमिकता दिनुपर्छ ।
रामकुमार परियार, युएई
बिदेसिएका जनशक्तिलाई स्वदेश फिर्ता ल्याउनुपर्छ र काम गरी खाने वातावरण मिलाउनुपर्छ ।
सुदर्शन पुलामी, काभ्रे
सबैभन्दा पहिले अत्यावश्यक गाँस, बाँस र कपास, त्यसपछि राहत र भौतिक संरचनाको पुन: निर्माणमा लाग्नुपर्छ ।
बिरेन अविरल, युएई
सबैभन्दा पहिले राहत पाउनुपर्छ । किनभने बाँचेकाले नै गरी खान सक्छन् ।
लक्ष्मी कडरिया
भत्किएका ऐतिहासिक संरचनाहरूको पुन:निर्माणमा प्राथमिकता दिंदै विस्थापित परिवारलाई राहत दिने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ र विदेशी सहयोगको सदुपयोग हुनुपर्छ ।
डोमजङ
इमान्दार र दृढ राजनैतिक इच्छाशक्ति, निरन्तर नागरिक दबाब । प्रभावित ठाउँको वैज्ञानिक वर्गीकरण, राष्ट्रिय पुँजीको न्यायोचित वितरण, वैदेशिक सहयोगको अनुगमन र क्षेत्र विभाजन, जतिसक्दो चाडो संक्रमणकालको अन्त्य । सबै नागरिक उठौं र जुटौंको भावनाको विकास गरौं ।
सुरेश न्यौपाने, अमृत साइन्स कलेज, लैनचौर
बास गुमाएकाहरूका लागि बासको व्यवस्था गरिनुपर्छ त्यसपछि धरहरा, स्वयम्भू, बौद्ध, पाटन दरबार, गोरखा दरबार, मनकामना मन्दिर आदि जति पनि क्षतिग्रस्त राष्ट्रिय सम्पदा छन् तिनको छिटोभन्दा छिटो पुनर्निर्माण गर्नुपर्छ । यी सम्पदाको नाममा आफ्नो स्वार्थपूर्ति गर्नेहरूमाथि विशेष निगरानी राख्नुपर्छ ।
प्रसाद शर्मा
विकासका पूर्वाधारहरू, शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी र सञ्चार आदि आवश्यक कुरालाई प्रमुख महत्व दिंदै काम सुरु गर्नुपर्छ । भूकम्पबाट क्षति पुगेका हाम्रा ऐतिहासिक पुरातात्विक सम्पदाहरूको पुन:निर्माण गरिनुपर्छ ।
रूपा खड्का, जुरोपानी, झापा
पहिले जनताको गाँस, बास, कपासको व्यवस्था हुनुपर्छ । त्यसपछि मात्र पुन:निर्माणको कुरा आउँछ । यदि वैदेशिक सहयोग रकमको सही ढंगले उपयोग भयो भने पुनर्निर्माण सम्भव छ ।
माइक थापामगर
प्रहरी प्रशासन दर्हो भयो भने देश उँभो लाग्छ । प्रहरी प्रशासनलाई सही तरिकाले परिचालन गर्न देशको सरकार बलियो हुनुपर्छ अनि मात्र देशको विकास सम्भव हुन्छ ।
पूनम लामिछाने, अमेरिका
राष्ट्रिय गौरवका महत्वपूर्ण संरचना सँगै ध्वस्त भएका ऐतिहासिक सम्पदासमेत दु्रत रूपमा निर्माण गर्दै अघि बढ्नुपर्छ । तेरो र मेरो वा कुम्ल्याउने कसरतमा कोही देखिए नांगेझार बनाएर सार्वजनिक गर्नुपर्छ । गाउँ र सहरमा एउटै गतिमा काम हुनुपर्छ ।
नवराज काफ्ले, विराटनगर
क्षति भएका विद्यालय, सडक, खानेपानीका स्रोत, अस्पताल, विद्युत्गृहका साथै ऐतिहासिक, धार्मिक तथा पुरातात्विक स्थानहरूको पुनर्निर्माणको कामलाई दु्रत गतिमा अघि बढाउनुपर्छ ।
देविन ढकाल, इटहरा, मोरङ
सबैभन्दा पहिले देशको होइन, क्षतिग्रस्त मनको उपचार हुनुपर्छ ।
नवराज भट्ट, महेन्द्रनगर
घरबारविहीन जनताको घर पुनर्निर्माण हुनुपर्छ । अरू कुरा त्यसपछि हुँदै गर्छ । ऐतिहासिक धरोहरहरूको जगेर्ना गर्नुपर्छ ।
प्रमोद विश्वकर्मा
हामीले के भन्नु र अब नेताको हातमा छ यो कुरा ।
बबिन बस्नेत
सबैभन्दा पहिले त भूकम्प पिडितहरूलाई बस्न घर तथा खानेकुराको व्यवस्था मिलाइदिनुपर्छ । त्यसपछि ऐतिहासिक, पुरातात्विक, सम्पदाहरू बिस्तारै पुन:निर्माण गर्नुपर्छ ।
मुकेश राई, बौद्ध