मिस एसएलसी–२०१५ का सहभागीहरू यतिबेला धरानका विभिन्न ठाउँमा प्रशिक्षण लिइरहेका छन्। धरान जेसिजद्वारा आयोजित मिस एसएलसी प्रतियोगिताको गु्रमिङ कक्षामा रहेका सहभागीहरूले विभिन्न प्रकारका तालिम छुट्टाछुट्टै ठाउँमा लिइरहेका छन्। वैशाख २२ गते प्रारम्भ भएको प्रशिक्षणका क्रममा उनीहरूले उद्घोषण, क्याटवाक, र्याम्पवाक, टेबल म्यानर, आधारभूत पत्रकारिता, बेसिक मेकअप, योग, प्रभावकारी भाषण कला, प्राथमिक स्वास्थ्य उपचार, आत्मनिर्भरता, समय व्यवस्थापन आदिको तालिम लिइसकेका छन्। प्रतियोगितामा १८ जना सहभागी छन्। प्रतियोगिताको फाइनल जेठ २२ गते हुनेछ।