साप्ताहिक संवाददाता
स्मरण रहोस उनीहरुले राहत संकलन का क्रममा विभिन्न ठाउँमा सहयोग का लागि अनुरोध गर्ने लगायत नेपाली खाना को बिक्रि स्टल , च्यारिटी क्रिकेट खेल , टी-शर्ट बनाएर बिक्रि वितरण , सागीतिक कार्यक्रम गरेर राहत संकलन गरेका थिए । राहत संकलन कार्यक्रम का दस जना प्रमुख सदस्य ९अनुरोध ,अनोज , कृष् ,सुमन , ऋतु , सिजन , मोनिका , रौनक , उज्ज्वल , संजीव र ऐश्वर्या०, एवं उनीहरुका सहयोगी अरु ४० जना नेपाली , २०० जापानी , र ५० जना बिदेशी साथीहरु लगायतको संयुक्त प्रयासमा सो कार्यक्रम सफलता पुर्वक आयोजना गरिएको हो । टोकियोमा कार्यरत सोही यूनीभर्सिटी का भुतपूर्व बिद्यार्थी श्री दिनेश रताला जोशी मार्फत टोकियोमा अवस्थित नेपाली राजदुताबास लाई सम्पर्क गराई गत सनिबार मे २३ तारिक का दिन राहत कार्यक्रम का संचालक तथा भुतपुर्ब बिद्यार्थी बिलम कार्की, कार्यक्रम का अकाउनटेन्ट तथा हाल अध्ययनरत बिद्यार्थी राधाकृष्ण बिस्ट ९कृष्०, युनीभरसिटी का जापानी प्रतिनिधि श्री ईतोउ केनजी को उपस्थिति मा जापान का लागि नेपाली राजदुत महामहिम डा। मदन कुमार भट्टराई ज्यू लाई भेटेर राहत संकलन कार्यक्रम बारे जानकारी गराईएको थियो । यसरी संकलन गरिएको उक्त रकम मे २८ तारिक बुधबार नेपाली राजदुताबास जापान बाट प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोष मा पठाइएको छ ।
यस कार्यक्रमका संचालक बिलम कार्की भन्छन नेपाल भित्र बसेर यो पिडा साटासाट गर्न नसके पनि विदेशमा रहेर भूकम्प पिडित नेपालीहरूको लागि सहयोग गर्न पाउदा गर्ब को महसुस भएको छ। सह्रिदयले य़ति धेरै सहयोग गरिदिनु हुने जापानी नागरिक ,विदेशी नागरिक , नेपाली समुदाय हरुमा कृतज्ञता आभार व्यक्त गर्न चाहन्छु।