जेष्ठ २२, २०७२
उर्लाबारी
स्थानीय विद्यालयका विद्यार्थीहरूमा केन्द्रित कार्यक्रममा स्थानीय विद्यालयका पायल तामाङ, योजना आलेमगर, सृष्टिका शेर्मा, एन्सा बोहोरा, क्षितिज राईसहितले नृत्य प्रस्तुत गरे । कार्यक्रममा, चुलाचुली रंगमञ्चका कलाकारहरूले भूकम्पसम्बन्धी नाटक प्रस्तुत गर्दै सधैं भूकम्पको त्रासमा नपरी सुरक्षित प्रकारको घर बनाएर बस्न आग्रह गरे । झापाको दमकमा प्रस्तुत यस्तै एक अर्को कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव एवं गायक गणेश रसिक, ८० वर्षीय विशिष्ट लोकगायक एलपी जोशी, प्राज्ञ राम धामीसहितको सहभागिता रह्यो । जेठ १५ गते प्रारम्भ भएको यो अभियान २४ गतेसम्म सञ्चालन हुनेछ ।