न्युजमेकर्स सिंगर लेडी गागाले पोस्ट गरेको एउटा तस्बिर एकाएक भाइरल भयो । गागाले सोसल मिडियामा पोष्ट गरेको उक्त तस्बिरमा गागा भिन्टेज कार तथा बिलोन्ड हेयरमा विलकुल फरक अन्दाजमा देखिएकी छिन् । गागाको प्यासेन्जर सिटवाला तस्बिरलाई धेरैले रुचाएका छन् । त्यसका अतिरिक्त गागाले आफ्नो हेयर मेकओभर प्रक्रियाको तस्बिर पनि अपलोड गरेकी छिन्, जुन उनको अपकमिङ चलचित्र अमेरिकन हरर स्टोरीको प्रारम्भिक योजना मानिएको छ । प्राप्त जानकारीअनुसार लेडी गागा भिन्टेज कारको जर्बजस्त प्रशंसक हुन् । उनले लिलामीमार्फत भिन्टेज सेरिजका केही कार खरिद पनि गरेकी छिन् । सन् २०११ मा पनि भिन्टेज कारका साथमा उनको फोटोसेसन चर्चामा थियो ।