गायक तथा संगीतकार अराज केशव वैवाहिक जीवनमा बाँधिएका छन् । अराजले वैशाखको पहिलो साता भारतको नयाँ दिल्लीमा आशा गिरीसंग परम्परागत विवाह गरेका हुन् । यो उनको दोस्रो विवाह हो । यसअघि गायिका प्राश्ना शाक्यसँगको वैवाहिक सम्बन्ध टुक्रिएपछि अराजले दोस्रो विवाह गरेका हुन् ।