गायक गोविन्द गुरुङले भूकम्प पीडितलाई राहत वितरण गर्दा–गर्दैको दृष्यहरू समावेश गरेर एउटा गीतको म्युजिक भिडियो तयार पारेका छन् । गायक गुरुङको पछिल्लो एल्बम ‘परिचय’ मा समावेश भएको ‘आउ मिली मुस्कान बाडौं’ गीत गोकर्णेश्वर नगरपालिकाको सुन्ताखानमा राहत वितरण गर्ने क्रममा छायांकन गरिएको छ । निर्देशक डब्बू क्षेत्रीका अनुसार भिडियोमा गायक गुरुङसहित चलचित्र ‘राहदानी’ का अभिनेता फूपु तेन्जिङ शेर्पा, मोडल अजय श्रेष्ठ आदिले अभिनय गरेका छन् ।