साप्ताहिक संवाददाता
४० की एन्जेलिना
संसारले चिनेको मात्र होइन, ह्दयबाटै मन पराइएको नाम हो— एन्जेलिना जोली। हलिउड अभिनेत्री एन्जेलिना गत साता ४० वर्षकी भइन्। हलिउड चलचित्रका विश्वभरका प्रशंसकहरू एन्जेलिनाका पनि प्रशंसक मानिन्छन्। हलिउड फिल्म नहेर्नेहरूबीच पनि उनी लोकप्रिय छिन्। एन्जेलिना आफ्ना ब्लकबस्टर सफल चलचित्रहरूभन्दा पनि हलिउड अभिनेता ब्राड पिटसँगको सम्बन्धलाई लिएर बढी चर्चामा आउँछिन्। सन् १९७५ जुन ४ मा लसएन्जलस क्यालिफोर्नियामा जन्मिएकी एन्जेलिनाले सफल अभिनेत्रीका अतिरिक्त फिल्म निर्देशक, पटकथा लेखकका रूपमा पनि आफ्नो परिचय बनाएकी छिन्। १६ वर्षको उमेरमा बालकलाकारका रूपमा अभिनय प्रारम्भ गरेकी एन्जेलिनाले २५ वर्षे फिल्मी करियरमा सबैभन्दा महँगी नायिकाका रूपमा आफूलाई उभ्याएकी छिन्। वेबसाइट द रिचेस्ट–२०१४ को सर्भेअनुसार एन्जेलिना २ हजार ५३ करोड रुपैयाँकी मालिक हुन्।