साप्ताहिक संवाददाता
सुशील कोइराला पछि मैदानमा धेरैसमय टिक्ने अर्का नेता थिए– पूर्वप्रधानमन्त्री माधव नेपाल। पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड भने खेल प्रारम्भ भएको २ मिनेटमै लड्न पुगे, जसले गर्दा सामान्य चोटका साथ उनी मैदानबाट बाहिरिए। पूर्वप्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई र झलनाथ खनाल तथा एमाले अध्यक्ष केपी ओली मैदानबाट कतिबेला गायब भए धेरैले पत्तो पाएनन्। विजयकुमार गच्छदार, विष्णु पौडेल, हिसिला यमी धेरै पटक लड्ने खेलाडी थिए। सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल पटक–पटक मैदान छोड्दै– प्रवेश गर्दै खेल अवधीभर सक्रिय रहे।
यता कलाकारहरूतर्फ मदनकृष्ण श्रेष्ठले मैदान छाडेपछि केही समय क्याप्टेनसिप हरिवंश आचार्यले सम्हाले। हरिवंश पनि केही समयमै बाहिरिए। भूकम्पपीडितहरूको सहयोगार्थ मैत्रीपूर्ण भनिएको खेलको प्रारम्भदेखि नै कलाकारहरू जित्नुपर्छ भन्ने मान्यताका साथ आक्रामक ढंगमा प्रस्तुत भएका थिए। कलाकारहरूको टिमबाट केदार घिमिरे माग्नेबुढा, जितु नेपाल, धीरेन शाक्य, बद्री पंगेनी, कुमार कट्टेल तथा शंकर बिसीले उत्कृष्ट खेल प्रदर्शन गरे। यता नेताको टिमबाट गगन थापा, अग्नि खरेल, पासाङ शेर्पा, वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, धर्मशिला चापागाईं तथा मीनेन्द्र रिजालले डटेर खेल देखाए।