लोकप्रिय गायिका ब्रिटनी स्पेयर्स आफ्ना २ सन्तानका साथ ‘समर डे’ सेलिब्रेटमा छिन्। समर डे सेलिब्रेसनका उनका तस्बिरहरू इन्स्टाग्राममा अपलोड गरिएका छन्। पछिल्लो समय आफ्ना सन्तानलाई पर्याप्त समय दिन थालेकी ब्रिट्नीले घर आसपासमा आफ्ना सन्तानका साथ समर लुक्समा इन्जोय गर्दै दिन विताइरहेको उल्लेख गरेकी छिन्। ब्रिटनीले एक म्यागजिनलाई दिएको अन्तवार्तामा भनेकी छिन्– सन्तानसँग समय बिताउन पाउनुजस्तो असिम आनन्द अरू केहीमा छैन्।’