लोकप्रिय गायक–गायिकाहरू यतिबेला थेरापी कन्र्सटमा व्यस्त छन्। राजधानीका विभिन्न विद्यालय तथा सार्वजनिक स्थलहरूमा थेरापी कन्सर्टमार्फत विद्यार्थी तथा सर्वसाधारणलाई भूकम्पको त्रासबाट मुक्ति दिलाउने अभियानमा गायक–गायिकाहरू सक्रिय छन्। यसबीच स्टेफेन्स स्कुलमा सम्पन्न थेरापी कन्सर्टमा गायक रामकृष्ण ढकाल, सत्यराज–स्वरुपराज आचार्यका साथमा अभिनेता राजेश हमाललाई उनीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।