गायिका नम्रता काफ्ले खरेलले भूकम्पपीडितका लागि एक लाख रुपैयाँ नगद सहयोग गरेकी छिन्। गायिका खरेलले काभ्रे जिल्लाको आँपबारीमा घरटहरा निर्माणका लागि आफ्नो पछिल्लो एल्बम ‘नम्रता’ को बिक्रीबाट संकलन भएको रकम प्रदान गरेकी हुन्। गत आइतबार गायिका खरेल, गायक युवराज चौलागाईं, मोडल रञ्जन रिजाल, शंकर शाही ठकुरी तथा निर्देशक विधान कार्कीको समूहले नगद प्रदान गर्नुका साथै त्यहाँ टहरा निर्माण सहयोग पुर्याएका थिए।