विराटनगरमा परम्परागत महत्व र पहिचान बोकेका वेशभूषाको प्रदर्शनी सम्पन्न भएको छ । परम्परागत जातीय पहिचान जगेर्ना गर्ने उद्देश्यले गत सोमबार १८ जातिका युवा–युवतीले एउटै मञ्चमा विभिन्न किसिमका वेशभूषा प्रदर्शन गरे । धेरै थरीका वेशभूषा लगाएर युवा–युवतीहरूले तीन घण्टा नृत्य प्रस्तुत गरी सबैलाई मनोरञ्जन प्रदान गरे । उक्त वेशभूषा प्रदर्शनीमा नेपाल आदिवासी जनजाति महासंघसँग आबद्ध जातीय संस्थाहरूकोसहभागिता रहेको महासंघ नगर सचिव प्रेम सेवानले जानकारी दिए ।