जंगलमा बस्ने राउटेले काठबाट विभिन्न परम्परागत सामग्री तयार गर्छन् । कोसी उनीहरूको लोकप्रिय भाँडा हो । काठको सानो मुडालाई खोपेर गोलाकार आकारमा तयार पारिने कोसी घरेलु हतियारको सहायताले बनाइन्छ । करिब ५ किलोको कोसी बनाउन तीन घण्टा लाग्छ । छोप्ने बिर्कोसमेत भएको कोसी गोलाकार हुन्छ । चिल्लो र आकर्षक देखिने कोसीको बजार मूल्य ५ सयदेखि १ हजार रुपैयाँसम्म छ ।