साप्ताहिक संवाददाता
मिलन लेखी
पत्रकारहरूको लेखको ठेगान हुँदैन ।
एकता रानाभाट
सभासदहरूको बोली ।
विकास राजभण्डारी
भूकम्प कुन बेला आउँछ भन्ने ठेगान हुँदैन ।
सुमन सुवेदी
राष्ट्रिय मिडियाले गर्ने कभरेजको कुनै ठेगान हुँदैन । विषयहरू पनि असान्दर्भिक हुन्छन् । उठाउनैपर्ने विषयहरू पनि उठाइएको पाइँदैन ।
रत्न तिमिल्सिना
पत्रकार र राजनीतिज्ञको कुनै ठेगान हुँदैन ।
लिम्ज सुन
राजनीति ।
धनिराम पौडेल, युवराज पौडेल, प्रेम डिसी, नरेन थापा, प्रसन्न अर्याल
पत्रिकाहरूमा सम्पादक कतिबेला परिवर्तन हुन्छन् भन्ने ठेगान हुँदैन ।
सम्राट पोखरेल
नेताको बोली र कानुनको ठेगान हँुदैन ।
लेमदेवी ठकुरी
भूकम्पपीडितहरूले राहत पाउने कुराको ठेगान छैन ।
जोनम घिमिरे
नेताको बोली ।
जगत पुलामि, कवि तामाङ, अशोक तिवारी, कृष्ण मगर, डिबी पाख्रिन
बिजुलीबत्ती कति बेला आउँछ कुनै ठेगान हुँदैन ।
आकाश सापकोटा
रोजगारी पाइन्छ कि पाइँदैन भन्ने ठेगान हुँदैन ।
विकास अम्गाईं
भूकम्प फेरि आउँछ कि आउँदैन भन्ने कुराको ।
पासाङ शेर्पा, डिल्लीराम भण्डारी, दुर्गा काफ्ले
नेताप्रति जनताको विश्वास छ कि छैन भन्ने ठेगान हुँदैन ।
सन्तोष गौतम
संविधान, विकास अनि भूकम्प कहिले आउँछ भन्ने कुराको ठेगान छैन ।
सुमन समर
प्रचण्डको बोली ।
दीपेश भट्टराई, सुरज ओली शर्मा
नेताहरूको भनाइ र गराइको ।
पदम शर्मा, दिक्षा भट्ट
प्रधानमन्त्रीको कुर्सी ।
सुबास जिसी
पत्रकारको समाचारको ।
असीम तामाङ
नेताको चरित्रको ।
द्रोण आचार्य
विद्युत् प्राधिकरणको सेवाको ।
भुवन अधिकारी
कुनै पनि कुराको ठेगान छैन । न त ज्यान, न त धन, न त भुइँचालो, न त नेताको बोली ।
ओशन दाहाल
पदपूर्तिका लागी आवेदन खुल्छ तर परीक्षा दिएर रिजल्ट आउनुपूर्व नै कर्मचारी छनौट हुन्छन् । यहाँ जागिरको कुनै ठेगान छैन ।
जगल बुल्बुल
राजनीति र प्राकृतिक विपत्तिको कुनै भर छैन ।
प्यासी मन
प्रधानमन्त्री र सम्पादकको कुनै भर हुँदैन । को कतिबेला परिवर्तन हुन्छन्, थाहै नहुने ।
जिके कुँवर