साप्ताहिक संवाददाता
नरिश्वर गौतम
तपाईंले धेरै पिरो खान थाल्नु भयो जस्तो छ । तपाईंको कानबाट धूवाँ निकालेरै छाड्नेछौं, धन्दा नमान्नुस् ।
तपाईंको पहिलो प्रेम सम्बन्धका बारेमा बताउन मिल्छ ?
नवराज दाहाल
पहिलो प्रेम सम्बन्ध कस्तो हुन्छ म आफैंलाई अहिलेसम्म थाहा छैन, तपाईंलाई कसरी बताउने ? प्रेमको विषयमा म सधैं फेल ।
तपाईं कत्तिको धूम्रपान तथा मद्यपान गर्नुहुन्छ ?
भोजराज भण्डारी
अहँ, धूम्रपान त छँदै छैन, मद्यपानचाहिँ हल्का कहिलेकाहीँ हो । मर्यादाभित्र रहेर ।
अहिलेसम्म कतिवटी केटीसाथी बनाउनुभयो ?
सागर
मैले अहिलेसम्म नसकेको हो अथवा मेरो भाग्यमै नपरेर हो, केटी साथी बनाउने अवसरबाट चाहिँ म आजसम्म वञ्चित छु ।
तपाईंको जन्मथलो कता हो ?
सिद्धार्थ
मेरो जन्मथलो सिन्धुपाल्चोक, फुल्पिङ डाँडा वडा नं. ७, ज्यामिरे गाउँ हो ।
जिरे खुर्सानी कहिलेदेखि प्रसारण हुन्छ ?
रोशन खतिवडा
अब चाँडै नै हुन्छ । केही गडबडीले ढिला हुन गएकोमा क्षमाप्रार्थी छांै ।
मलाई तपाईंको सिरियलमा काम गर्ने अवसर दिनुहुन्छ ?
दिनेश कार्की
अहिले सिरियल नै बन्द छ, नयाँ भाग आएको छैन । यस्तै हो भने त म आफैंले अवसर खोज्दै हिँड्नुपर्ला जस्तो छ ।