साप्ताहिक संवाददाता
असार ४, २०७२
माइलीको न्युड फोटोसुट
चर्चित गायिका/नायिका माइली साइरसले हालै ‘पेपर’ म्यागेजिनका लागि अत्यधिक बोल्ड फोटोसुट गरेकी छिन् । माइलीले म्यागजिन कभरका लागि न्युड पोज दिएकी छिन् । त्यसो त बोल्ड फोटोसुटका लागि उनी ख्यातिप्राप्त नै मानिन्छिन् । न्युड फोटोसुट गर्नु उनका लागि सामान्य नै भैसकेको छ । पेपर म्यागजिनको तस्बिरमा माइलीको शरीरलाई फोहर चिजबिजले कभर गरेको छ । अनि कतै पेन्ट पनि गरिएको छ । केही तस्बिरमा उनी बिलकुल न्युड देखिएकी छिन् । एक तस्बिरमा त उनी आफैंले पालेको बंगुरको साथमा देखिन्छिन् । तस्बिरहरूमा माइली एकदमै फरक र अचम्मको हाउभाउमा प्रस्तुत भएकी छिन् ।