साप्ताहिक संवाददाता
कलाकारहरूले व्यक्तिगत रूपमा गरेको सहयोगबाट जम्मा भएको रकमबाट भौतिक सामग्री खरिद गरिएको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एवं गायक पंगेनीले बताए । प्रतिष्ठानले गोरखाका दोहोरी कलाकारहरूलाई पनि जस्तापाता तथा खाद्यान्न वितरण गरेको थियो । हामीले गर्ने सहयोग सानो हो, प्रतिष्ठान वरिष्ठ उपाध्यक्ष एवं गायक बद्री पंगेनीले भने– ‘आमजनता पीडामा भएका बेला तपाईंहरूको दुख हामी पनि बाँड्न चाहन्छौं भनेर सक्रिय भएका हौं ।’
यस्तै भूकम्पपीडित जनतालाई सहयोग गर्न चर्चित गायक पशुपति शर्मा पनि सक्रिय भएका छन् । अर्का गायक रमेशराज भट्टराईसँग मिलेर विभिन्न स्थानका पीडित जनतालाई सहयोग गरिरहेको गायक शर्माले बताए । यस्तै लोकदोहोरी गीतको म्युजिक भिडियो निर्देशनमा सक्रिय शंकर बिसी तथा प्रकाश भट्ट छुट्टाछुट्टै रूपमा राहत एवं सहयोगमा सक्रिय देखिएका छन् । लोकदोहोरी गायनका रमिला न्यौपाने, कला पंगेनी, कोमल वली, मुना थापामगर, खुमन अधिकारी आदि कलाकारहरू पनि भूकम्पपीडितको सहयोगमा खटिएका छन् ।