असार ४, २०७२
२० वर्षपछि आफनो जन्मथलो धरानमा साँजले प्रस्तुत गरेका नेपाली तथा हिन्दी सुफीमा दर्शकहरू मस्तसँग झुमेका थिए । करिब तीन घण्टा चलेको कार्यक्रममा गायिका एवं कोरियोग्राफर अन्जु राईले पनि तीनवटा गीत प्रस्तुत गरिन् । बेलुका साढे सात बजेदेखि जम्न थालेको उक्त कार्यक्रमले राति दस बजे बिट मारेको थियो ।