हलिउड अभिनेत्री सलमा हायक एक्सरसाइजको विपक्षमा छिन । हालै एक अन्तर्वार्ताका क्रममा सलमाले वर्क आउट अर्थात नियमित शारीरिक ब्यायामको सटटा श्रम खर्च हुने गतिविधिमा व्यस्त रहने बताएकी छिन । ‘म शारीरिक व्यायाम गर्दिनँ, तर शारीरिक रूपमा आफूलाई सक्रिय राख्ने काम गर्छु,’ सलमाले भनेकी छिन– ‘जसका कारण मेरा मांसपेशी सक्रिय रहन्छन ।’ प्राप्त जानकारीअनुसार अहिले सलमा लन्डनका एक विज्ञमार्फत एक्सरसाइजको विकल्प प्रयोग गरेर कसरी मांसपेशीलाई सक्रिय बनाउने भन्ने ज्ञान हासिल गरिरहेकी छिन । सलमा भन्छिन– ‘ब्रस गर्नु पनि मांसपेशीलाई सक्रिय बनाउनु हो ।’