साप्ताहिक संवाददाता
खड्कासँग सहकार्य गरेपछि जोर्डनको सक्रियता बढेको थियो । नायिका प्रियंका कार्कीसँग एउटा टेलिभिजनको टिभिसीमा अभिनय गरेपछि जोर्डनले थुप्रै विज्ञापनमा काम गर्ने मौका पाए । स्नातक तहसम्मको अध्ययन पूरा गरेका जोर्डनले वीरेन्द्र हमालसँग अभिनय तथा बागबजारको एउटा इन्स्टिच्युटबाट नृत्य प्रशिक्षण लिएका छन् । यस वर्षको म्यान हन्ट प्रतियोगितामा सहभागिता जनाउने तयारी गरिरहेका जोर्डनले थुप्रै फेसन शोमा क्याटवाकसमेत गरेका छन् । आधा दर्जन सौन्दर्य प्रतियोगितामा इभेन्ट म्यानेजरका रूपमा समेत काम गरिसकेका जोर्डनसँग साप्ताहिकका कृष्ण भट्टराईको तीन प्रश्न :
आफूलाई कसरी चिनाउन चाहनु हुन्छ ?
मैले सानैदेखि अभिनयमा रुचि राखेकाले आफूलाई कलाकारकै रूपमा चिनाउन पाउँदा रमाउँछु । करियर बनाउने क्रममा मोडलिङमा पनि उत्तिकै सक्रिय छु । कलाकारितामा अभिनयदेखि मोडलिङसम्म समेटिने भएकाले म कलाकार नै हुँ ।
अभिनेता बन्ने सम्भावना कत्तिको छ ?
लक्ष्य त चलचित्रको अभिनेता नै बन्ने हो । त्यसभन्दा अघि केही म्युजिक भिडियो तथा विज्ञापनमा अभिनय गरेर आफूलाई निखार्ने कार्यमा व्यस्त छु ।
निकट भविष्यमा के कस्तो कार्यमा सहभागि हुनु हुँदैछ ?
केही चलचित्रका निर्देशकसँग नयाँ चलचित्रको कथामा छलफल भैरहेको छ । त्यो भन्दाअघि ‘म्यानहन्ट’ मा प्रतिस्पर्धा गर्दैछु । गायक प्रमोद खरेलसहित केही गायक–गायिकाको म्युजिक भिडियोमा समेत अभिनय गर्दैछु ।