नगरकोटका गायक मनिष लामाले आफ्नो शब्द, संगीत तथा स्वरको रोमान्टिक गीत ‘निशा आई लभ यू’ को म्युजिक भिडियो आफ्नै क्षेत्रका रमणीय लोकेसनमा छायांकन गराएका छन् । यसै साता प्रिमियर गरिएको यो भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन् । गायक लामाको डेब्यु एल्बम ‘सुखको आँसु’ मा समावेश यो गीतको भिडियोमा उनले मोडल शोभितासँग अनस्क्रिन रोमान्स गरेका छन् ।