सशस्त्र प्रहरीका एसपी भरतबाबु केसी गीतकारका रूपमा स्थापित हुने क्रममा छन् । पहिलो एल्बम ‘पर्खाइ’ को सफलतासँगै गीतकार केसी यतिबेला गायक तथा संगीतकार डिजराज पौडेलसँग सहकार्य गर्दै नयाँ एल्बम तयार पार्दैछन् । डिजराजको स्वर तथा संगीतमा उक्त एल्बमको पहिलो गीत ‘पापिनीले सुन्दै सुनिन...’ को म्युजिक भिडियो समेत तयार भैसकेको छ । दिवस उप्रेती तथा रजनी केसीले अभिनय गरेको उक्त भिडियोको निर्देशन समन अधिकारीले गरेका हुन् ।