अनुपम संगीत पुरस्कार
असार ११, २०७२
यस वर्षको अन्नपूर्ण संगीत पुरस्कार वरिष्ठ गीतकार डा. कृष्णहरि बराललाई प्रदान गरिएको छ । अनुपम म्युजिक पोखराले गत साता पोखरामा सम्पन्न गरेको अनुपम सांगीतिक साँझ कार्यक्रममा डा. बराललाई उक्त पुरस्कारसहित सम्मान गरिएको हो । कार्यक्रममा संगीतकार वसन्त सापकोटा तथा सुगम संगीतका गायक रामभक्त जोजिजुलाई अनुपम संगीत सम्मान प्रदान गरिएको थियो ।
उक्त अवसरमा मिलन अमात्य, प्रल्हाद तिमिल्सना, वसन्त सापकोटा, पुरुषोत्तम न्यौपाने, रामभक्त जोजिजू, नरजंग गुरुङ, तमन्ना गुरुङ, रोम तामाङ, ज्ञानगोपाल, जय चापागाईं, किशोर सुवेदी आदि प्रस्तुत भएका थिए ।
प्रकाशित :असार ११, २०७२
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्