असार १ गतेदेखि पर्व प्रारम्भ भए पनि तयारी एक महिना अघिदेखि नै गर्ने चलन छ । भूमे देवताको पूजा नगरे ठूलो विपत्ति आइलाग्ने र भुमे देवता रिसाए अनिष्ट हुने विश्वास छ ।
पर्वको बिदाइसँगै मगर समुदायले अब वर्षभरि कुनै पनि विपत्ति नआउने विश्वास गरेको छ । बालीनाली लगाएपछि मनाइने यो पर्वमा प्रकृतिको पूजा गरिन्छ । यो पर्व उत्पादन बढोस्, पहिरो नजाओस् भनेर जमिन तथा प्रकृतिलाई शक्तिका रूपमा पूजा गर्ने चलन छ ।
ठाउँअनुसार प्रकृतिलाई पूजा गर्ने विभिन्न चलन छन् । रोल्पा र रुकुममा भेडापालन घुम्ती व्यवसाय र खेती किसानीको काम सकिएपछि आफन्त, इष्टमित्र तथा परिवारका सबै सदस्य एकै ठाउँ जुटेर आपसमा दु:खसुख साट्ने चलन रहेको मगर संघका जिल्ला अध्यक्ष सितलाल पुनले बताए । ‘
अध्यक्ष पुनका अनुसार मगर समुदायमा प्रकृतीको पूजा गर्ने ६ वटा विधि छन् । यो पूजामा भेडाको साँढ काट्ने, नयाँ अनाजको जाँड राख्ने, जेठ असारको खडेरीमा पानी माग्ने, असिना, आँधी, भुइँचालोजस्ता विपत्तिबाट बच्न घरेलु हतियारको धार आकाशतिर फर्काउने, झाँक्री नाचेर भूतप्रेतबाट बचाउन मनोबल बढाउने जस्ता चलन छन् ।