श्रावण १५, २०७२
नेपाललाई हाम्रो साथ आवश्यक छ भन्ने नारा लिएर एक महिनाअघि युरोप पुगेका तीन जना कलाकार यसै साता स्वदेश फर्किएका छन् । गायक प्रमोद खरेल, गायिका आस्था राउत तथा अभिनेत्री अशिष्मा नकर्मीले युरोपका एक दर्जनभन्दा बढी देशमा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएर नेपालका भूकम्पपीडितका लागि सहयोग संकलन गरेका थिए । बेल्जियमको पहिलो कार्यक्रममा यी तीन कलाकारलाई गायक विवेक श्रेष्ठले साथ दिएका थिए । बेल्जियमका तीन छुट्टाछुट्टै सहरमा च्यारिटी कन्सर्टका रूपमा आयोजित सांस्कृतिक कार्यक्रमबाट संकलित रकम भूकम्पपीडितहरूलाई हस्तान्तरण गरिने आयोजक पासापुच बेल्जियमका अध्यक्ष चिजकुमार श्रेष्ठले बताएका छन् ।