बलिउडका फेसन डिजाइनर विशाल कपुरले मोडल बन्न चाहने नेपाली युवा–युवतीहरूको विशेष ग्रुमिङ कक्षा लिने भएका छन् । यो सम्भव हुनेछ ‘मोडल क्वेस्ट इन्टरनेसनल नेपाल–२०१५’ प्रतियोगितामा । अन्तर्राष्ट्रिय स्तरमा नेपाली मोडलहरूलाई प्रतिस्पर्धी बनाउन तथा नेपाली मोडलिङ क्षेत्रको दायरा फराकिलो र थप व्यवसायिक बनाउने उद्देश्यले युहान इन्टरनेसनल इभेन्ट्सले आयोजना गर्न लागेको यो प्रतिस्पर्धामा युवा–युवती दुवैले सहभागिता जनाउन पाउनेछन्, जसका लागि मोडल बन्न इच्छुक युवा कम्तीमा ५ फिट ७ इन्ट अग्लो हुनुपर्छ भन्ने युवतीका हकमा शारीरिक उचाइ ५ फिट २ इन्च छ । सहभागी हुन चाहने युवा–युवतीहरू १६ देखि २७ वर्ष उमेर समूहभित्र हुनुपर्नेछ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा बलिउड सेलिब्रेटीको समेत उपस्थिति रहने बताइएको छ । प्रतियोगिताको अन्तिम अडिसन आगामी साउन २४ गते हुँदैछ ।