पोखरामा मोडलका रूपमा उदाएर म्युजिक भिडियो हुँदै चलचित्रसम्म आइपुगेका कलाकार हुन्- राजन कार्की । दुई वर्षअघि गायक स्वरूपराज आचार्यको म्युजिक भिडियोमा अभिनय गर्दै मनोरञ्जन क्षेत्रमा प्रवेश गरेका बन्दीपुर, तनहुँका स्थायी बासिन्दा राजनले यो अवधिमा अञ्जु पन्त, कन्हैया सिंह, सुधा रत्न आदि गायक-गायिकाका एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका छन् । सिमेन्ट, बियर तथा अर्को एउटा पेय पदार्थको विज्ञापनमा समेत मोडलिङ गरिसकेका राजनले पोखरामा इभेन्ट म्यानेजरका रूपमा समेत आफूलाई स्थापित गराइसकेका छन् । राजनले पोखरामा मिस गण्डकी, कास्की आइडल आदि प्रतियोगिता सञ्चालन गरेका थिए । पछिल्लो ६ महिनायता काठमाडौंमा रहेर अभिनय तथा मोडलिङमा करियर बनाउन सक्रिय राजनले कान्तिपुर मोडल एजेन्सीसमेत सञ्चालन गरिरहेका छन् । ५ फिट ९ इन्च अग्ला राजन आफ्नो मोडल एजेन्सीमार्फत टेलिभिजनमा रियालिटी शो तथा बालबालिकाहरूको सौन्दर्य प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिरहेका छन् । अभिनयका विभिन्न विधामा सक्रिय सहभागिता जनाएका राजनले प्रदर्शनको तयारीमा रहेको चलचित्र 'छेस्को' मा समेत अभिनय गरेका छन् । दुर्गा विष्टद्वारा निर्मित सुरेश थापा निर्देर्शित 'छेस्को' मा राजनले युवापुस्ताको प्रतिनिधित्व गरेका छन् । भदौ २५ गतेदेखि प्रदर्शन हुने यो चलचित्रमार्फत अभिनेताका रूपमा स्थापित हुने कुरामा ढुक्क देखिएका राजनलाई साप्ताहिककाको तीन प्रश्न ः
तपाईं आफूलाई कसरी चिनाउन रुचाउनुहुन्छ ?
मोडलिङमार्फत मनोरञ्जन क्ष्ाेत्रमा प्रवेश गरे पनि यतिबेला चलचित्रसम्म आइपुगेको छु । समग्रमा म आफूलाई कलाकारका रूपमा चिनाउन चाहन्छु ।
चलचित्रमा नायक बन्ने योजना कसरी बन्यो ?
म विद्यालयमा अध्ययनरत छँदै चलचित्रको कलाकार बन्ने सपना देख्थें । पोखरामा कलेज भर्ना भएपछि त्यो सपना साकार गर्ने बेला आएको महसुस गरें । मोडलिङमा केही वर्ष काम गरेर आफूलाई निखारेपछि अब पूर्ण रूपमा चलचित्रमा सक्रिय हुने तयारी गरेको छु ।
चलचित्र ँछेस्को’ बाट कत्तिको आशावादी हुनुहुन्छ ?
पोखरामा निर्माण गरिएको भए पनि यो चलचित्र मूलधारका चलचित्रझैं मेहनत गरिएको छ । युवा दुव्र्यसनीमा केन्दि्रत यो चलचित्रले समाजलाई केही सन्देश त दिन्छ नै, यसबाहेक मलाई अभिनेताका रूपमा स्थापित गराउने कोसेढुंगासमेत बन्ने आशा गरेको छु ।