जति नै तेजिलो वा कमजोर दृष्टि भए पनि समय र सम्पत्तिचाहिँ आएको भन्दा गएको नै बढी देखिन्छ ।
माला लिम्बू
जुन मानिसले सम्झायो, गाली गर्यो, रिसायो भने बुझे हुन्छ, त्यो मानिस आफ्नो हो ।
सम्झना पाण्डे
मानिसको असल व्यवहारले एक दिन सबैको मन छुन्छ ।
राजाराम रायमाझी
मानिसहरू त्यतिबेलासम्म मात्र नाता लगाउँदै पछि लाग्छन् जबसम्म उनीहरूको स्वार्थ पूरा हुँदैन ।
जीबी हाङ
धेरै पटक धेरै मान्छेसँग उत्तिकै साँचो प्रेम गर्नेले सधैं प्रेमको एउटै परिभाषा दिन्छ तर सधै एउटैलाई प्रेम गर्नेले प्रेमको परिभाषा खोजिरहन्छ ।
स्वेच्छा
आफ्नो स्वार्थका लागि अरूको खुसीको मतलब नराख्नु ठूलो भूल हो । मानिसले समयलाई सही बनाउने हो, सही समय कुर्ने होइन ।
विष्णु घिमिरे
बोल्नेका हजारौं शब्दभन्दा नबोल्नेको मौनता कैयौं गुणा धारिलो हुन्छ ।
रेजिना
फुर्ती देखाउँदै एक्लै दगुर्नु खाल्डोमा खस्नु हो ।
महेश संघर्षी
जतिसुकै महँगो घडी लगाए पनि समयलाई आफ्नो नियन्त्रणमा राख्न सकिँदैन ।
बनको राउटे