साप्ताहिक संवाददाता
श्रावण २९, २०७२
क-कलह नगर ।
ख- खराब काम नगर ।
ग- गर्व पनि धेरै नगर ।
घ- घमन्ड नगर ।
ङ- ङ्यार ङ्यार नगर
च- चिन्ता नगर ।
छ- छलकपट नगर ।
ज- जिम्मेवारी पूरा गर ।
झ- झूट नबोल ।
ट- टीका टिप्पणी अरूको नगर ।
ठ- ठगी नगर ।
ड- डरलाई हटाऊ ।
ढ- ढोंगी नबन ।
त- तुच्छ विचार हटाऊ ।
थ- थाक्नु हुन्न ।
द- दयालु बन ।
ध- धोखा नदेऊ ।
न- नम्र बन ।
प- पाप नगर ।
फ- फाल्तु काममा समय नखर्च ।
ब- बितन्डा नमच्चाऊ ।
भ- भावुक बन ।
म- महझैं मिठो बोल ।
य- यथार्थमा बाँच्न सिक ।
र- रुनु हुन्न ।
ल- लोभ नगर ।
व- विकल्पहरू खोज ।
श- शत्रुता छोड ।
ष- षड्यन्त्र नगर ।
स- सत्य बोल
ह- हसिलो बन ।
क्ष- क्षमा गर ।
त्र- त्रसित कसैलाई नबनाऊ ।
ज्ञ- ज्ञानी बन ।