साप्ताहिक संवाददाता
हाम्रो देशको सीमा सुरक्षा त्यति बलियो छैन । विदेशी हस्तक्षेप अथवा सीमा मिचेको आरोप लगाउनुभन्दा पहिले आफैंले सीमा स्तम्भ खडा गर्नुपर्छ । दुई देशबीच स्पष्ट समझदारी गरेर सीमांकन गर्ने हो भने यस्ता समस्या समाधान हुन्छन् ।
गणेश अर्याल, सुस्ता
पत्रपत्रिकामा छापिने कतिपय विज्ञापनबाट उपभोक्ताहरू ठगिने गरेका छन् । नक्कली विज्ञापनको पछि लागेर कतिपयले पैसा गुमाएका छन् भने कतिपयले स्वास्थ्य बिगारेका छन् । यस्ता विज्ञापनको प्रकाशनमा सम्बन्धित निकायको ध्यान जानुपर्यो ।
दिवस गौतम
भूकम्पपछि नेपालको पुनर्निर्माणमा दल, कार्यकर्ता, सरकार तथा आम नागरिक तत्पर भएको पाइएन । हामी अघि नसरे विकास निर्माणमा को जुट्छ ? यस्तो काममा ढिलाइ गरिनु हुँदैन ।
रामकृष्ण पालिखे
धर्मको नाममा राजनीति गर्नु पतनतर्फ अघि बढ्नु हो ।
कान्ति ढकाल
सहरका चोक तथा भित्री बाटाहरूमा बिजुली बत्तीको व्यवस्था गर्नुपर्यो । राति अँध्यारोमा सवारीसाधन चलाउँदा, हिंड्दा आँखा नदेखेर लड्ने तथा दुर्घटनामा पर्ने सम्भावना बढी छ ।
सन्तोष पहाडी
जथाभावि पार्किङले गर्दा काठमाडौंका सडकहरूमा आवतजावत गर्न गाह्रो
भैरहेको छ । कि त पार्किङका लागि छुट्टै स्थानको व्यवस्था गर्नुपर्यो कि निश्चित सवारी मात्र पार्किङ गर्न दिनुपर्यो ।
विजया कार्की
देश बनाउँछु भन्नेहरूले नागरिकको पीडा पनि बुझ्न सक्नुपर्छ । आश्वासन दिएर, सपना बाँडेर मात्र पुग्दैन ।
बिनु पुरी