वैशाख १२ तथा त्यसपछिका भूकम्पबाट पीडित नेपाली जनता तथा नेपालको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले कोका-कोलाले 'फेरि उठ्नेछ नेपाल' शीर्षकको अभियान प्रारम्भ गरेको छ ।
सोमबार आयोजित एक समारोहमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले यो अभियानको औपचारिक उद्घाटन गर्दै 'फेरि उठ्नेछ नेपाल' भन्ने सन्देशसहितको गीति एल्बम विमोचन गरिन् । उक्त गीतमा रञ्जित आचार्यको शब्द तथा जेम्स प्रधानको संगीत छ । नेपाली जनताले देखाएको अटुट साहस र धैर्यताको उदाहरण दिँदै राष्ट्रको पुनर्निर्माणमा अघि बढ्न सबै नेपालीलाई आग्रह गरिएको उक्त गीतमा आनी छोइङ डोल्मा, सुगम पोखरेल, जेम्स प्रधान, इन्दिरा जोशी, एडि्रन प्रधान, निर्णय डा. एनएसके, दीपक बज्राचार्य, रोहित जोन क्षेत्री, सोमिया बराइली, कमल खत्री, एड्रे आदिको स्वर सुन्न सकिन्छ ।
तमा माइती नेपालका ८ जना गायक-गायिकाको समूहले समेत स्वरमा साथ दिएको छ । लोकदेखि पप, रक तथा र्याप शैलीमा आधारित यो गीतको म्युजिक भिडियोले पनि फेरि उठ्नेछ नेपाल भन्ने मर्मलाई आत्मसात् गरेको छ । निश्चल बस्नेत यो भिडियोका निर्देशक हुन् ।