बलिउडमा हालै प्रदर्शन भएको नृत्यमा आधारित चलचित्र 'एबीसीडी-२' का एक अभिनेता तथा स्लो मोसन किङको उपाधि पाएका नृत्यांगन राघव जुवाल (क्रक्रोज) ले पोखरामा आफ्नो कला प्रदर्शन गर्ने भएका छन् ।
एम्नुज डान्स स्कुल पोखरा तथा थ्री ब्रदर्स इन्टरटेन्मेन्ट काठमाडौंले राघवलाई पोखरा ल्याउन लागेको हो । भदौ ५ गते शनिबार पोखरामा सम्पन्न हुने 'डिस्टि्रक डान्स कम्पिटिसन' को ग्रान्ड फिनालेमा राघव प्रमुख अथितिका रूपमा सहभागी हुनेछन् । कार्यक्रममा सहभागिता जनाउन उनी आगामी बिहीबार काठमाडौं हुँदै पोखरा पुग्नेछन् । उक्त कार्यक्रममा दीपकराज गिरी, दीपाश्री निरौलाका साथ गायिका रजिना रिमाल तथा सुशान्त खत्री पनि सहभागी हुनेछन् । डान्स इन्डिया डान्स सिजन थ्रीका फस्ट रनर्सअप राघव पछिल्लो क्रममा डान्सिङ थिमको बलिउड चलचित्र
'एबीसीडी-२' का कारण पनि चर्चामा छन् । राघवसागै कार्यक्रममा इन्डियाज डान्सिङ सुपरस्टारका उत्कृष्ट १० फाइनलिस्टमध्ये एक नेपाली मूलका सुशान्त खत्री पनि विशेष आकर्षण हुनेछन् । नृत्य प्रतियोगितामा काठमाडौं, चितवन, बुटवल, तनहुा, नवलपरासी, कपिलवस्तु तथा कास्कीका १८ जना प्रतिस्पर्धी सहभागी छन् ।