श्रावण ३२, २०७२
तीन जना मानिसको अनुभूतिसँग सम्बन्धित नाटयकर्मी अनुप बरालको निर्देशनको नाटक 'तीन एकान्त' लाजिम्पाट उत्तर गेटस्थित थिएटर भिलेजमा मञ्चन भैरहेको छ ।
भारतीय कथाकार निर्मल वर्माका तीन कथा धूपका एक टुकडा, डेढ इन्च उपर तथा विकेन्डमा आधारित यो नाटकमा दिया मास्के, आशान्त शर्मा, मेनुका प्रधान, सुरज मल्ल तथा रोय दिपले अभिनय गरेका छन् । यो नाटक भदौ ८ गतेसम्म बुधबारबाहेक हरेक साँझ साढे ५ बजे मञ्चन हुनेछ ।