निर्देशक : करण मल्होत्रा
संगीत : अजय-अतुल
कलाकार : अक्षय कुमार, सिद्धार्थ मल्होत्रा, ज्याकी श्राफ, ज्याकलिन फर्नाडिस आदि ।
दुई पेसेवर फाइटर दाजुभाइबीचको माया र घृणाको कथा बोकेको हिन्दी चलचित्र 'ब्रदर्स' गत शुक्रबारदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा अक्षयकुमार दाइको भूमिकामा छन् भने सिद्धार्थ मल्होत्रा भाइ बनेका छन् । बाबुको भूमिकामा रहेका ज्याकी श्राफका यी दुई छोरामा सानैदेखि निकै मायाप्रेम हुन्छ, तर एउटा घटनाका कारण दुवै एक-अर्कालाई घृणा गर्न थाल्छन् ।
ठूलो भएपछि दुवै जना पेसेवर फाइटर हुन्छन् । घृणाका कारण दुवैले एक अर्काको प्रतिद्वन्द्वीका रूपमा भिड्नुपर्ने हुन्छ । दुवै दाजुभाइबीच यस्तो युद्ध हुन्छ कि त्यसमा एउटाले ज्यान पनि गुमाउन सक्छ । ज्याकलिन फर्नाडिस अक्षयकुमारकी श्रीमतीको भूमिकामा छिन् भने करिना कपुरले यो चलचित्रमा आइटम डान्स गरेकी छिन् । करण जौहर पनि निर्माता रहेको यो चलचित्र अक्षयकुमारको फरक गेटअपका कारण पनि चर्चामा छ । ब्रदर्समा आशुतोष राना र सेफाली शाहको पनि महत्वपूर्ण भूमिका छ ।