साप्ताहिक संवाददाता
लगातार केही फ्लप चलचित्रपछि करिना कपुरका दिन फर्किएका छन् । सिंघम रिटन्र्स तथा बजरंगी भाइजानको जर्बजस्त सफलताले उनलाई फेरि ट्रयाकमा ल्याएको हो । त्यसो त 'उडता पंजाब' र 'कि एन्ड का' जस्ता स्ट्रङ भूमिका भएका चलचित्रले आफूलाई अझ सबल बनाउने करिनाको भनाइ छ ।
करिनाका अनुसार अब उनले छोटो स्कर्ट लगाएर नाच्ने युवतीको भूमिकाभन्दा गम्भीर चरित्रमा अभिनय गर्ने प्रयास गर्छिन् । चलचित्रको मुख्य चरित्रमा आफूलाई सबल रूपमा प्रस्तुत गर्न मेहनत गरिरहेकी करिनाले आमा बन्ने कुरा पनि सोच्न थालेको बताउँछिन् । अबको दुई वर्षमा म आमा बन्ने प्रक्रियामा लागिसकेकी हुनेछु, करिनाले एक अन्र्तवार्तामा भनेकी छिन्- '४० वर्षको उमेरमा पनि आमा बन्न सकिन्छ, अहिले त मलाई अझै अघि जानु छ, तर ढुक्क हुनुहोस्, म आफ्नै सन्तानकी आमा हुनेछु, त्यो मेरो चाहना पनि हो । म आमा भैसकेपछि पनि अभिनय कर्मलाई निरन्तरता दिन चाहन्छु ।'