राजन तिमिल्सिना, गायक/संगीतकार
अचेल केमा व्यस्त हुनुहुन्छ ?
पहिलो एल्बम 'कदम' को सफलतापछि हालै मेरो दोस्रो एल्बम 'यो सम्बन्ध' सार्वजनिक गरेको छु । यही एल्बमको 'कसरी बुझाउँ यो मन' गीतको म्युजिक भिडियो भरखरै पि्रमियर गरेँ । एल्बमको प्रमोसनका साथै नयाँ गीतहरूको काममा व्यस्त छु ।
तपाईंका कतिवटा गीत लोकपि्रय भएका छन् ?
हालसम्म मैले करिब ३ दर्जन गीत रेकर्ड गराइसकेको छु । 'एल्बम' बाट 'तिम्र्रो माया बिना' गीत लोकपि्रय भएको थियो भने 'यो सम्बन्ध' बाट शीर्षक गीत तथा 'कसरी बुझाऊँ' गीतले स्रोताको मन जितेको छ ।
नयाँ गीतको भिडियोबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
मैले हालसम्म तीनवटा गीतको म्युजिक भिडियो तयार पारेको छु । भरखरै सार्वजनिक भएको 'कसरी बुझाऊँ' गीतको गीत युट्युब तथा सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ । गीत अनुसारको भावना चित्रण गरिएकाले भिडियोले कम समयमै लोकपि्रयता पाएको हो ।
सांगीतिक कार्यक्रमको सहभागिता कस्तो छ ?
भूकम्प पीडितका लागि आयोजित विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागि भैरहेको छु । त्यसबाहेक म्युजिक थेरापीमार्फत बालबालिकाहरूलाई सांगीतिक मनोरञ्जन प्रदान गरिरहेको छु । यस्ता कार्यक्रममा सहभागिता जनाउन पाउँदा दर्शकसँग भावनात्मक सम्बन्ध गाँसिएको अनुभव गरेको छु ।
चलचित्रको संगीतकार बन्नु भएछ नि ?
मैले केही नेपाली चलचित्रमा संगीत दिने मौका पाएको छु । मैले तयार पारेका केही चलचित्रका गीत विभिन्न गायक-गायिकाको स्वरमा रेकर्ड भैसकेका छन् ।