भाद्र १, २०७२
शुक्रबारबाट लाग्ने चलचित्र 'होस्टेल रिटर्नस्'बाट उदाउँदै गरेकी नायिका स्वस्तिमा खड्कालाई लिएर बनाइएको एउटा म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
'तिम्रै साथमा' बोलको गीतको म्युजिक भिडियोलाई निकै सुन्दर ढंगबाट भिजुलाइज गरिएको छ । म्युजिक भिडियो निर्देशनमा पछिल्लोपटक निकै व्यस्त विशाल भण्डारीले निर्देशन गरेको म्युजिक भिडियोलाई हरि हुमागाइँले निर्देशन गरेका हुन् ।
हालै भारतको कोलकातामा भारतीय विज्ञापनको छायांकन समेत गरिसकेका हुमागाइँ दृश्यलाई सुन्दर ढंगबाट क्यामरामा उतार्न सक्ने खुबी भएका छायांकार मानिन्छन् ।
गायक सुनिल गिरीको गीतको भिडियोमा स्वस्तिमा खड्काका साथ म्युजिक भिडियोमा व्यस्त मोडल पल शाहले अभिनय गरेका छन् । गोदावरीमा खिचिएको उक्त भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् ।
उक्त म्युजिक भिडियो