साप्ताहिक संवाददाता
अव शहरमा भिडियो गेमको पनि प्रतियोगिता हुन थालेको छ । भिडियो गेमको क्रेज आकासिएसँगै व्यवस्थित ढंगले प्रतियोगिता आयोजना गर्ने क्रम सुरु भएको हो । गेमिङ डिभाइसको मद्दतले टेलिभिजन स्त्रिmन, कम्प्युटर, मोवाइल आदिमा यस्तो खेल खेलिन्छ । यो अनलाइन तथा अफलाइन दुवै रुपमा खेल्न सकिन्छ ।
नेपालमा एन गेमर्सले भिडियो गेमलाई संस्थागत रुपमा अगाडि वढाएको छ । आयुशराज तुलाधार र राजु लामाले एन गेमर्स स्थापना गरेका हुन् । यतिवेला उनीहरु चौथो संस्करण अन्र्तगत वृहत भिडियो गेम आयोजना गर्ने दौडधूपमा छन् ।
प्रतियोगिता भदौ ८ गते मंगलवाट प्रारम्भ हुदैछ । सिभिल मलमा हुने प्रतियोगितामा देशभरका पाँच सय युवाहरु भिड्नेछन् । पुरस्कार राशी २ लाख रुपैयाँ छ । प्रतियोगितालाई विभिन्न कम्पनीले प्रयोजन गर्ने ट्रेन्ड पनि विकास भएको छ ।
प्रतियोगितामा फिफा-२०१५, डोटा २ लगायतका खेलहरु समावेश छन् । सामन्यत साइवरहरुमा खेलिने 'भिडियो गेम'कै परिस्कृत रुप हो, यो । खासगरी फिफा फुटवल, काउन्टर स्ट्राइक र डोटा अहिले चल्तीमा छ । यि खेल सफ्टवेयरको माध्यामवाट स्त्रिmनमा खेलिन्छ ।
दुई व्याक्तिवीच खेलिने फुटवलका लागि प्लेस्टेशन, एक्स वक्स जस्ता अतिरिक्त डिभाइसको आवश्यक हुन्छ । काउन्टर स्ट्राइक र डोटा समूहमा खेलिन्छ । यि भर्चुअल खेलमा अभ्यास, एकग्रता, रणनीति, निर्णयक क्षमता, धैर्यता जस्ता कुरा आवश्यक हुने अध्यक्ष आयुशराज तुलाधार वताउँछन् ।
यता इ-स्पोर्टसप्रतिको वढ्दो क्रेजसँगै टोलटोलमा गेम स्टेशन खुल्न थालेका छन् । नयाँ वानेश्वरको रोयल्स एलाइन्स गेमिङ एरिना, महारजगञ्जको हाइभ गेम स्टेशन, कुमरीपाटी गेमर्स हेडक्वारट, जावलाखेलको फाइभ क्राउन स्पोर्टस् क्लव, सिटी सेन्टरको थि्र सिक्स्टी गेम स्टेशनमा तन्नेरीको वाक्लै भिड लाग्ने गरेको छ । विगतका साइवर क्याफेहरु गेम जोनमा रुपान्तरण भएका छन् । ठूला सपिङ कम्प्लेक्सहरुले तन्नेरीलाई आकषिर्त गर्न यस्तो खेललाई प्राथमिकतासाथ सञ्चालन गर्न थालेका छन् ।