साप्ताहिक संवाददाता
गर्मी मौसमलाई फेसनको मौसमका रूपमा पनि लिइन्छ । फेसनपारखीहरू जाडोभन्दा गर्मी मौसममा बढी ठाँटिएका देखिन्छन् । फेसनका धेरै स्टाइलबीच गर्मीमा लगाइने जिन्सको कोट अहिले निकै चल्तीमा छ । पाइपिङ गरिएको जिन्स अहिले धेरैले रुचाएका छन् ।
गर्मीका लागि नै भनेर यस्ता कोट डिजाइनरहरूले नै तयार पार्छन् । भर्खर मात्र नेपाल भित्रिएको जिन्स कोट युवामा बढी लोकपि्रय भए पनि पाकाहरूले समेत रुचाएको डिजाइनरहरू बताउँछन् । 'अहिले यो कोटको माग अधिक छ' लेकसाइडस्थित पोखरा जिन्स फिटिङका डिजाइनर बिक्कु नवाङले बताए ।' नवाङका अनुसार लिनेन र कटन कोटनै अहिले पनि धेरैको रोजाइमा छ ।
भिन्न र स्टाइलिस्ट देखिने यो कोट सबै उमेरकालाई सुहाउँछ । धेरैले आफ्नो साइजअनुरूपको बनिबनाउ कोट नै खरिद गर्ने भएकाले जिन्स फिटिङ र सुट पसलहरूमा जान्छन् । अन्य कोटमा जस्तो यसको भित्री भागमा बाक्ला सामग्री राखिँदैन । गर्मीलाई हुने किसिमले सामग्री राखिने भएकाले लगाउँदा गर्मीको आभाष हुँदैन ।
जिन्स फिटिङदेखि केही ठूला सपिङ सेन्टरमा यो शैलीको कोट उपलब्ध छ । भित्र टिसर्ट वा सर्ट लगाएर बटन खुला राखी यो कोट लगाउन सकिन्छ । 'चर्को घामबाट हात पाखुराको छाला पनि सुरक्षित हुन्छ' २० वषर्ीय रामकृष्ण परियारले भने, 'स्टाइलिस्ट हुनु त छँदैछ ।'
मोडलिङ तथा फेसनका क्षेत्रमा हेामिएका सेलिब्रेटीहरू पनि यही कोट रोज्न थालेका छन् । 'भर्खर चलेको यो कोट निकै फेसनेवल छ, फेसन डिजाइनर तथा फेसनका शिक्षक नविन पाखि्रनले भने, 'गर्मी मौसमका लागि अनुकूल छ, अनि फेसनेवल पनि त्यत्तिकै ।'
फेसनको नयाँशैली अवलम्बन गर्न पोखराका फेसनपारखीहरू सिपालु छन् । जाडो सकिएर गर्मी सुरु भएपछि नै यो कोट चल्तीमा आएको हो । पोखराको न्युरोडस्थित कम्प्लीट गार्डेन सुट सपका सञ्चालक पोषराज पौडेलले यो शैलीको कोटले बजार पिटिरहेको बताए । युवा-युवती दुवैले लगाउन मिल्ने भए पनि अधिकांश युवकले नै यस्ता कोट लगाएको पाइन्छ । यो कोट इटलियन कपडाबाट तयार पारिन्छ । दुई देखि तीन दिनमा तयार हुने यो कोटको मूल्य ६ देखि १८ हजार रुपैयाँ रहेको जिन्स डिजाइनर नवाङले बताए । अहिले यही शैलीको सिस्नोको कपडाबाट बनेको सुट विदेशी पर्यटकहरूले समेत खरिद गर्दै आएका छन् । नेपालीहरू बसोबास गर्ने विदेशी मुलुकहरूमा पनि यस्ता कोट निर्यात गर्ने क्रम तीव्र छ ।