पानी पुरी चटपटे शिर्षकमा पशुपति शर्मा र जानकी तारामी मगरले गाएको गीत यो वर्षका सर्वाधिक हिट तीज गित भित्र पर्न सफल भइसकेको छ ।
गीतको म्युजिक भिडियो सार्वजनिक भएको केहि दिनमै करिब ४ लाखले हेरिसकेका छन् । मोजमस्तीका कारण सम्पन्न व्यक्ति कसरी विपन्न हुन्छ र उसले जिवन चलाउन सानो पेशा अगाल्न बाध्य हुनुपर्छ भाव झल्काउने यो गीत हिन्दु महिलाहरुको महान पर्व तीजलाई लक्षित गरेर तयार गरिएको हो । दर्शक स्रोताबाट अपेक्षा गरेभन्दा राम्रो माया र प्रतिक्रिया पाएको गायिका जानकी तारामीले बताइन् ।
एकता फिल्म्सको ब्यानरमा बब्बु थापाले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोमा पशुपति र जानकीले अभिनय गरेका छन् । केहि अघि पशुपति र जानकीले नै गाएको ढाड दुखेर मार्यो शिर्षकको गीतलाई पनि दर्शकले उत्तिकै रुचाएका थिए । जानकीले यो वर्ष पाँचवटा तीज गीत गाएको बताउदै भनिन्-'राम्रो सृजनाले दर्शकको माया पाउने रहेछ भन्ने पानी पुरी चटपटेले पुष्टि गरेको छ ।' यो वर्ष पशुपतिले भनें ९ वटा गीत गाएका छन् ।