धादिङ, एउटा बोकाको मूल्य कति होला ? सामान्यतः ५-१० हजार तथा बढीमा १५ हजार रुपैयाँ । सुन्दा अचम्म लाग्ला । धादिङमा एउटै बोका झन्डै २ लाख रुपैयाँमा बिक्री भएको छ ।
धादिङका कृषक नवराज आचार्यले एउटै बोका बेचेर १ लाख ९५ हजार रुपैयाँ कमाएका छन् । धादिङ, केवलपुर गाविसका आचार्यले बाग्मती गोट सिड्स स्थापना गरेर बाख्रा पालन सुरु गरेको १२ वर्ष भयो । बोयर जातको बाख्रा पालनमा लागेका आचार्य अहिले वाषिर्क ६० लाख रुपैयाँसम्मको बीउको बोका मात्र बेच्छन् ।
बोयर जातको खसीको मासु सेतो (ह्वाइट) भएकाले स्वास्थ्यको समस्या भएकाहरूका लागि फाइदाजनक मानिन्छ । त्यसैले होला, यसको माग बढिरहेको छ । स्थानीय जातका खसी बोकाको तौल ५० किलोग्रामसम्म हुन्छ भने बोयर जातको खसी ९० किलोग्रामसम्मको हुन्छ ।
आचार्यले यो व्यवसायमा मेहनत पनि निकै गरेका छन् । उनले भारतको मुम्बई र अपि|mकाबाट एउटा बोको र बाख्रो किनेर ल्याएका थिए, त्यो पनि ४ लाख रुपैयाँमा । कुनै बेला उनी ऋण लागेर युरोप जान खोज्दै थिए, तर यतिबेला भने युरोपकै कमाइ घरमै बसी-बसी आर्जन गरिरहेका छन् । उनको र्फममा अहिले १ सय ३० भन्दा बढी पाठाबाख्रा छन् ।