साप्ताहिक संवाददाता
भाद्र ६, २०७२
किनमेलका सौखिनहरुका लागि खुसीको खवर । चावहिलको चुच्चेपाटीस्थित केएल टावर एन्ड मल्टिप्लेक्समा सेल मेला प्रारम्भ भएको छ । एक सांगीतिक कार्यक्रमसँगै शुक्रवारवाट सुरु भएको यस मेलावाट लत्ताकपडा लगायतका सामग्री किनमेल गर्नेहरु लाभान्वित हुने टावरका प्रमुख वजार प्रवन्धक हिरामणी तिमल्सिनाले साप्ताहिकलाई वताए ।
‘मेलाको वेला यहाँको कुनैपनि सामग्रीको खरिदमा ५० प्रतिशतसम्म छुट दिइएको छ’ हिरामणीले भने–‘लत्ताकपडा, व्याग, जुत्ताचप्पल, चस्मा, घडी, कस्मेटिक्स सामग्रीमा विशेष छुटको व्यवस्था छ ।’ मनोरञ्जनात्मक वातावरणमा किनमेल गर्न पाउन् भन्ने उद्धेश्यले यो कार्यक्रम गरिएको हो । १६ दिने कार्यक्रममा सांगीतिक प्रस्तुतीसँगै, गेम शो, फेसन शो जस्ता आकर्षण रहेका छन् ।