ज्योति मगर लोकदोहोरीकी चर्चित कलाकार हुन्, तर उनको गायन करियरलाई थप चर्चामा ल्याउन उनको गेटअप र अपिरियन्सले काम गरेको छ । जुन कुरा स्वयं ज्योति पनि स्वीकार गर्छिन् । स्वदेश तथा विदेशका कार्यक्रममा व्यस्त ज्योतिका आकर्षक एवं उन्नत स्तन जसै सोसल नेटवर्कमा पोष्ट हुन्छन्, त्यसमा लाइक र कमेन्ट बर्साउनेहरूको ताँती नै लाग्छ ।
उनी सौखका रूपमा आफूलाई हट एन्ड बोल्ड लुक्समा प्रस्तुत गर्छिन्, जसले तातो गर्मी सिजनमा मात्र होइन, कठाङ्ग्रिने जाडोमा समेत लोकलाई तताउँछ । ‘लुक्स र गायनमा मैले आफ्नो फरक पहिचान स्थापित गरेकी छु’ ज्योति भन्छिन्– ‘त्यसलाई रुचाउने–नरुचाउने अधिकार दर्शकलाई छ, मैले सहज महसुस गरेरै आफूलाई यसरी प्रस्तुत गरेकी हुँ ।’ ज्योतिको क्लिभेज लुक्स सोसल साइटमा छ्यापछ्याप्ती भेट्टिन्छन्, जसलाई उनले आफ्नो सफलतासँग दाँजेर हेरेकी छिन् । केही समय अघिमात्र सुट गरिएको निहुरेर धान रोपेको तस्बिरमा उनका स्तनको अग्रभाग प्रष्ट देखिन्थ्यो, जुन तस्बिर फेसबुकमा पोष्ट हुनासाथ विभिन्न अनलाइन मिडियाले समाचार बनाइहाले ।
सामाजिक सञ्जाल फेसबुकमा हट नेपाली युवतीहरूका बोल्ड एन्ड सिजलिङ तस्बिरको बाढी नै देखिन्छ । ती तस्बिरका जर्बजस्त फ्यान पनि उत्तिकै छन् । धेरैले लाइक गरेपछि सोसल नेटवर्कका सेलेब्सहरू एकपछि अर्को बोल्ड तस्बिर पोष्ट गर्छन् । अझ भनौं सोसल मिडियामा उनीहरूले आफ्नो इमेज नै त्यही किसिमले विकास गरेका छन् । एकातर्फ युवतीहरू क्लिभेज प्रदर्शन गरिएका तस्बिर अपलोड गर्छन् अर्कातर्फ अब के आउला भनेर कुर्नेहरू फटाफट लाइक र कमेन्ट बर्साउँछन् । कमेन्ट राम्रा–नराम्रा दुवै किसिमका हुन्छन् तर पोष्टकर्तालाई त्यसले खासै फरक पारेको देखिँदैन । त्यसो त नकारात्मक प्रतिक्रिया दिनेहरू पनि हट एन्ड बोल्ड लुक्सका ती तस्बिरका नियमित पारखी देखिन्छन् ।
यसै पनि गर्मीयाममा युवतीहरू हल्का किसिमका छोटा पहिरनमा देखिन्छन् । चल्तीका कलाकारमात्र होइन्, आम युवतीहरू पनि यो समयमा आफ्ना आकर्षक तस्बिर फेसबुकमा पोष्ट गरिरहेका हुन्छन् । उनीहरूले सीमित रूपमा भए पनि आफ्नो ग्लामरस रूपमा विभिन्न प्रतिक्रिया पाइरहेकै हुन्छन् । केही समय अघि बलिउड नायिका दीपिका पादुकोणले क्लिभेज सो गरेको भनेर त्यहाँको एक लोकप्रिय दैनिक पत्रिकाले शब्द खर्चिएपछि त्यसले एउटा तरंग नै सिर्जना गरेको थियो । दीपिकाले आफू नारी भएकी र हरेक नारीको क्लिभेज हुने भएकाले त्यसलाई सेन्सेसनल समाचार बनाउनेहरू कमजोर मानसिकताको भएको टिप्पणी गरिदिइन् । उनलाई बलिउडका अन्य सेलिब्रेटीले पनि साथ दिए ।
ग्लोबलाइजेसनको प्रभाव मान्नुपर्छ, विदेशी सेलिब्रेटिज झैं देखिन रुचाउने ट्रेन्ड पनि उत्तीकै छ । हेयर कलर चेन्ज गरेका कारण तथा गोरो भएकाले मोडल सालु गौतमलाई झट्ट देख्नेहरू विदेशी नै मान्छन् । त्यसो त विदेश बसेर आएकाले पनि हुनसक्छ, शालु आफूलाई बोल्ड लुक्समा उतार्न कुनै अप्ठ्यारो मान्दिनन् । यस्तै एक चलचित्रमा नायिकाका रूपमा काम गरेकी एवं हाल जर्मनीमा स्टाफ नर्सका रूपमा कार्यरत आशिका तामाङ तस्बिरमा विश्वकै चर्चित एवं सफल अभिनेत्री एन्जेलिना जोली झैं लाग्छिन् । मिस नेसनल क्विन–२०१२ मा मिस पपुलर तथा मिस फोटोजेनिक घोषित भएकी आशिकाका तस्बिरमा धेरैले एन्जेलिनाको झझल्को पाउँछन् । एन्जेलिनाकी नेपाली संस्करणसमेत भनिने आशिका चलचित्र सुश्रीको छायाकंनका क्रममा नेपाल आएकी थिइन् । आशिका फिल्म्सको ब्यानरमा उनी नेपाली चलचित्रमा काम गर्न चाहिरहेकी छिन् । आशिकालाई नजिकबाट चिन्ने एक चलचित्रकर्मीका अनुसार उनी झलक्क हेर्दा सामान्य नै देखिए पनि मेकअप तथा एक्सप्रेसनको सहायताले एन्जेलिना जस्ती देखिएकी हुन् ।
हलिउडका अतिरिक्त छिमेकी मुलुक भारतका नायिकाहरूले गर्ने एक्सपोजको प्रभाव पनि नेपाली समाजमा राम्रैसँग परेको देखिन्छ । अझ पुनम पाण्डे तथा सन्नि लियोनहरूका हट पोजले धेरैलाई आफूलाई हट अवतारमा उतार्न प्रोत्साहित गरेको छ । नेपाली मोडलहरू पनि के कम ? उनीहरू सबैभन्दा बलियो मिडिया मानिएको सोसल नेटवर्कमा आफूलाई उतारेर चर्चा बटुल्छन् अनि आफ्ना प्रशंसकहरूको संख्या बढाउँछन् । अभिनेत्री बन्नुपूर्व नै आशिकाका ५५ हजार फ्यान छन् । त्यसो त फ्यानपेज सुरु गरेको ६ महिना नबित्दै ज्योतिका फेसबुक फ्यानको संख्या ६० हजार हाराहारी पुगेको छ । आफ्ना आकर्षक स्तन रुचाउनेहरूलाई कहिल्यै निरुत्साहित नगर्ने ज्योति बताउँछिन् । उनको एउटै तस्बिरलाई १४ हजार जनासम्मले लाइक गरेका छन् ।
फेसबुकमा हट तस्बिर राखेर चर्चा कमाउनेहरूमा मोडल स्मिता थापा, सगुन शाही ठकुरी, वाणी जोशी, साधना निरौला, तिर्सना बुढाथोकी, रेनी रेन आदि पनि अग्रपंक्तिमा छन्, जसले एउटा तस्विर पोष्ट गर्दा न्यूनतम ५ सय लाइक र बीसौं कमेन्ट पाउँछ । ‘कमेन्ट अनेक थरीका हुन्छन्, धेरैले राम्रो, सेक्सी, ग्लामरस, हट भनिरहँदा केहीले त्यहाँ आफ्नो यौन मनोविकृति पनि अभिव्यक्त गरिरहेका हुन्छन्’ उनीहरू भन्छन्–‘नकारात्मक कमेन्टले हामीलाई केही फरक पार्दैन्, केही त अति नै अश्लिल कमेन्ट हुन्छन्, जसलाई चाहिँ हटाउनैपर्ने हुन्छ ।’ रोचक कुरा त के छ भने हट फोटो अपलोड गर्नेहरूसमक्ष सेक्सुअल रिलेसन वा नाइट स्टेको प्रस्ताव राख्दा उनीहरूले सहजै स्वीकार गर्छन् भन्ने भ्रममा धेरैले म्यासेज पठाउँछन् । एक मोडल भन्छिन्– ‘हट फोटो राख्दैमा बजारु महिला मान्नेहरूलाई त्यस्तो होइन भनेर बुझाउन गाह्रो हुन्छ, अनि उनीहरूलाई ब्लक गर्न बाध्य हुनुपर्छ । यस्तो मानसिकताको उपचार पनि छैन ।’
नेपालमा हट एन्ड बोल्ड लुक्समा फोटोसेसन गर्ने चलन प्रारम्भ भएको डेढ दशक नाघिसकेको छ । सोना श्रेष्ठ, पूजा लामा, पूजना प्रधान, सारंगा श्रेष्ठ, रेखा थापा, सोभिता सिम्खडा आदिले एक दशकअघि नै ग्लामरस लुक्समा फोटोसेसन गराएका थिए । स्मिता थापा तथा उनकी बहिनी बेबी थापाको जर्बजस्त बोल्ड लुक्सले एकताका समाजमा तरंग नै सिर्जना गर्यो । स्मिता फेसबुकमा पनि उत्तिकै सक्रिय छिन् । उनको नियमित प्रोफाइल पेज र फ्यान पेजमा विभिन्न पोज र एक्सप्रेसनका उत्तेजक तस्बिर देखिन्छन् । स्मिताले नयाँ तस्बिर राख्दा लाइक र कमेन्टको बाढी नै आउँछ भने अनलाइनमा न्युज पनि बनिहाल्छ ।
‘मेरा आकर्षक स्तनले धेरैलाई प्रभावित तुल्याएको छ, म आफैं आफ्नो सेक्सी लुक्सलाई तस्बिरमा कैद गरी फेसबुकमा पोष्ट गर्छु’ स्मिता भन्छिन्– ‘कमेन्टमा कसले के लेख्छ भनेर खासै मतलव राख्दिन्, कसैले अति नै अश्लील कमेन्ट राख्यो वा भद्दा म्यासेज पठायो भने चाहिँ ब्लक नै गर्छु ।’ ग्लामरस फोटोसेसनबाटै हजारौं प्रशंसक कमाएकी स्मिता आफ्नो आकर्षक तस्बिर पोष्ट गर्ने क्रम अहिले भने केही कम गरेको बताउँछिन् । स्मिता भन्छिन्– ‘सुरु–सुरुमा हरेक दिन हट तस्बिर राख्थे, अहिले अब स्मिताले कस्तो तस्बिर राख्छे भन्ने कौतुहलता सिर्जना गर्दै केही समय कुराएर मात्र राखौं जस्तो लाग्छ ।’ फेसबुकमा उनका तस्बिर हेरेर हुरुक्क हुनेहरूको संख्या पनि उत्तिकै छ । ‘सेक्सी टाइपको कमेन्ट मलाई मनपर्छ तर जसले ठाडै यौनसम्बन्धका लागि प्रस्ताव गर्छन् उनीहरूलाई सम्झाउने कुनै बाटै हुँदैन, त्यसैले ‘हालसम्म १ हजारभन्दा बढीलाई ब्लक गरिसके’ स्मिताले भनिन्– ‘धेरै पैसा खर्चिन्छु भन्नेहरूलाई त अहिले त्यो पैसा भूकम्प पीडितलाई दिनुहोस् भन्दिन्छु ।’ हेन्डसम युवकले फ्लर्टिङ गर्दाचाहिँ स्मितालाई रमाइलै लाग्छ रे, ग्लामरस तस्बिर राखेकै कारण युवाहरूमा आउने कामुक अनुभूतिलाई स्मिता सहज रूपमै लिन्छिन् । स्मिताका अनुसार उनी आगामी दिनमा थप बोल्ड तस्बिर सार्वजनिक गर्न चाहन्छिन् ।
धरानकी युवती वाणी जोशी अक्सर क्लिभेज प्रदर्शन गरिएका तस्बिर पोष्ट गर्छिन् । वाणी आम युवती भए पनि बोल्ड तस्बिरले उनलाई सोसल नेटवर्ककी सेलिब्रेटी बनाइदिएको छ । धेरैजसो बाथरुममा र एन्टिक पृष्ठभूमिमा उनी आफ्ना आकर्षक स्तनलाई सेल्फीमार्फत कैद गर्छिन् । त्यसबाहेक उनले अन्य आर्टिस्टिक तस्बिर पनि पोष्ट गरेकी छिन् । के तपाईंले सधैं क्लिभेज मात्र प्रदर्शन गर्ने हो? एक पुरुष प्रशंसकको जिज्ञासामा वाणीले लेखेकी छिन्– ‘तिमीसँग पनि क्लिभेज छ भने प्रदर्शन गर्न सक्छौं ।’ यस्तै एक प्रयोगकर्ताले तिम्रो सेक्सीनेसको रहस्य के हो भनेर प्रश्न गरेका छन् । वाणिले आफ्नो आकर्षक नितम्ब देखाएको तस्बिर पनि सामाजिक सञ्जालमा राखेकी छिन् ।
पछिल्लो पुस्ताका नायिका सगुन शाही ठकुरी र सुरविना कार्की पनि फेसबुकमा क्लिभेज प्रदर्शनमा अग्रपंक्ति मै छन् । उनीहरूले स्वीमिङ कस्ट्युममा खिचाएका हट एन्ड बोल्ड तस्बिर धेरैले रुचाएका छन् । ग्लामरस नायिकाका रूपमा सुपरिचित कार्की र ठकुरीलाई बोल्ड लुक्समा आफू अझ खुले जस्तो लाग्छ । ‘ग्लामरस तस्बिर राख्दा धेरैले राम्रो भन्नुहुन्छ’ नायिका सगुन भन्छिन्– ‘एकै किसिमको तस्बिर राखिरहनुको विकल्प स्वरूप हट फोटो पोष्ट गर्न मन लाग्छ ।’ सगुन र सुरविना राम्रो, हट, सेक्सी, बोल्ड एन्ड ब्युटिफुल टाइपका कमेन्टले खुसी तुल्याउने बताउँछन्, तर फेक आइडीबाट आउने नकारात्मक कमेन्ट चाहिँ डिलिट गर्ने र त्यो एकाउन्टलाई नै ब्लक गर्नुपर्ने बाध्यता भएको उनीहरूले बताए । नायिका भैसकेपछि उनीहरूको सौन्दर्यबाट धेरै प्रभावित हुन्छन्, त्यसैले आफूमा भएको सौन्दर्यलाई तस्बिर मार्फत प्रदर्शन गर्नु अनुचित होइन । सुरविना भन्छिन्– ‘यो विश्वव्यापी ट्रेन्ड हो, फेसबुककै कारण आफ्ना तस्बिर नियमित रूपमा सार्वजनिक गर्न पाइएको छ र त्यसपछि आउने प्रतिक्रियाले हरेकलाई अब कस्तो तस्बिर राख्ने भन्ने चिन्ता हुन्छ ।’
मोडल शालु गौतम फेसबुकमा हट तस्बिर राख्नेहरूमध्ये अग्रपंक्तिमै छिन् । केही फरक अर्थात एक्स्ट्रा लुक्स दिउँ भन्ने सोचका साथ बोल्ड लुक्सका तस्बिर पोष्ट गरेको शालुको भनाइ छ । म नेपाली नारीका रूपमा साडी लगाएका तस्बिरदेखि लिएर विकिनीसम्ममा प्रस्तुत भएकी छु’ आफ्नो सबै किसिमको लुक्सको चर्चा गर्दै शालुले भनिन्– ‘बाहिरी दुनियाँलाई बुझिसकेपछि विदेशी नारीका रूपमा आफूलाई प्रस्तुत गर्दा कस्तो देखिन्छ भनेर ग्लामरस लुक्समा तस्बिर खिचाएकी हुँ’ शालुका अनुसार फेसबुकमा उनका सबै किसिमका गेटअप दर्शकले रुचाएका छन् र कमेन्ट गरेका छन् । कमेन्टमा के आउँछ भन्ने कुराको उनलाई पनि त्यति वास्ता छैन । कलाकार भएपछि सकारात्मक–नकारात्मक दुवै किसिमका कुरा आउँछन्, त्यसैले त्यसलाई पचाउन सक्नुपर्ने उनको तर्क छ । पछिल्लो समय गायिका र स्टेज पर्फमरका रूपमा चर्चित शालु न्युड फोटोसुटलाई पनि एक किसिमको कला मान्छिन् । फेक आइडीबाट अश्लील कमेन्ट गरिए पनि वास्तविक प्रयोगकर्ताबाट नराम्रा वा भद्दा किसिमका सन्देश नआउने उनको तर्क छ । शालु भन्छिन्– धेरैले ग्लामरस लुक्सलाई राम्रो भन्नुहुन्छ, कसैले साह्रै नराम्रो लेखेको छ भने उसँग इन्बक्समा कुरा गर्छु, फेक आइडी भए ब्लक गर्छु ।’
साधना निरौलाको फेसबुक आइडी सही भए पनि उनले पोस्ट तस्बिर फेक भएको जानकारहरू दाबी गर्छन् । यद्यपि सामाजिक सञ्जाल फेसबुकमा उनी उत्तीकै सक्रिय र चर्चित छिन् । समाजका लब्धप्रतिष्ठित व्यक्तित्वदेखि आम नागरिकसम्म साधनाको आइडीका फ्यान छन् । बोल्ड एन्ड ब्युटिफुल तस्बिरका अतिरिक्त ड्यासिङ स्टाटस लेख्ने कला भएकि साधना फेसबुकमा नियमित रूपमा प्रस्तुत हुन्छिन् । उनको फेसबुक सक्रियतामा साथ दिने प्रशंसकहरू पनि उत्तीकै छन् । यस्तै मोडल तिर्सना बुढाथोकीका न्युड तस्बिर पनि सामाजिक संजालमा लोकप्रिय छन् । बाथरुममा नुहाएकोदेखि क्लिभेज र हिप सो गरेका तस्बिरसम्म उनको फेसबुक वालमा हेर्न पाइन्छ । त्यसो त उनको हट एन्ड ग्लामरस लुक्सकै कारण हुनसक्छ, फेसबुकमा दर्जनौं नाममा उनका एकाउन्ट छन् । आफूलाई सेक्सी गर्ल भन्न रुचाउने तिर्सना सेक्सुअल रिलेसनले मानिसलाई फ्रेस बनाउने कुरा आफ्ना अन्तर्वार्ताहरूमा खुलेआम भन्छिन् । अर्धनग्न तस्बिर सार्वजनिक गर्दै आफ्नो अपिलिङ फिगरमार्फत सबैको ध्यानाकर्षण गराउनु तिर्सनाको विशेषता हो ।
फेसबुकमा फरक–फरक किसिमले तर आकर्षक ढंगमा आफूलाई प्रस्तुत गर्ने ट्ेरन्ड छ । यस्तै रेनी रेन नामको फेसबुक एकाउन्ट पनि फेसबुक प्रयोगकर्तामाझ लोकप्रिय छ । रेन प्राय: गरी सेलिब्रेटिजका साथ रमाइरहेको तस्बिर पोष्ट गर्छिन् । उनी हटभन्दा पनि पार्टीचरी बढी लाग्छिन् । हरेक पार्टीमा ग्रुपसहित इन्जोय गर्ने रेनी विभिन्न एक्सप्रेसनमा तस्बिर अपलोड गर्छिन् । उनको वालमा ड्रिंक र चुरोट वा हुक्का खाएका तस्बिर बग्रेल्ती भेटिन्छन् । संगीतकी पारखी रेनीले शरीरका विभिन्न अंगमा खोपाएका आफ्ना ट्याटु पनि एक्सपोज गरेकी छिन्, जसलाई सयौंले लाइक गरेका छन् ।